सिन्धुपाल्चोक पहिरो अपडेट :  बेपत्ता ८ मध्ये ५ जनाको शव फेला « Khabarhub

सिन्धुपाल्चोक पहिरो अपडेट :  बेपत्ता ८ मध्ये ५ जनाको शव फेला


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ मध्ये ५ जनाको शव फेला परेको छ ।

तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका उनीहरू वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका थिए ।

एक जनाको जीवितै उद्धारपछि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारू साह नाम गरेका भारतीय नागरिक रहेको खुलेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ३५ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव