सुशान्तले अभिनय गरेका १० फिल्म : कस्तो रह्यो व्यावसायिक सफलता « Khabarhub

सुशान्तले अभिनय गरेका १० फिल्म : कस्तो रह्यो व्यावसायिक सफलता


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो अन्तिम फिल्म रिलिज हुनु अघि नै बलिउड अभिनेता सुशांत सिंह राजपूतले जीवन त्याग गरे ।

फिल्मी करियरमा सुशान्तको अवधी छोटो रह्यो तथापी उनले केहि राम्रा फिल्महरुमा काम गरे । उनले केहि सुपरहिट फिल्म काम गरे भने केहि फ्लप रह्यो ।

आज हामी उनले अभिनय गरेका १० बलिउड फिल्मको बारेमा चर्चा गर्नेछौ ।

१. छिछोरे
गत वर्ष हिन्दी फिल्म छिछोरे रिलिज भएको थियो । नितीश तिवारीको निर्देशनमा बनेको यस फिल्ममा सुशान्त सिंह राजपूतले लिड रोलमा अभिनय गरेका थिए ।

यस फिल्मले बक्स अफिसमा निकै चर्चा कमाउदै १ सय ५० करोड भारुको ब्यापार गरेको थियो ।

२. ड्राइभ
छिछोरेभन्दा अघि नेटफ्लिक्समा सुशान्तको ड्राइभ रिलिज भएको थियो । ओटीटी प्लेटफर्ममा रिलिज भएको यस फिल्ममा सुशान्त र न्याक्लिनको केमिष्ट्रि रहेको थियो । यी जोडीको अभिनय रुचाइएपनि यो फिल्म फ्लप साबित भयो ।

३. केदारनाथ
सन् २०१८ मा सुशान्त सिंह राजपूतले सारा अली खानसंग फिल्म केदारनाथमा काम गरेका थिए ।

एक धार्मिकस्थलको आसपासमा बनाइएको यस फिल्ममा सुशान्त र साराकाबीच प्रेम देखाइएको थियो । यस फिल्मले ८२ करोड भारु कमाएको थियो ।

४. राबता
दिनेश भिजानको निर्दशनमा बनेको राबता फिल्ममा सुशान्त र कृति सेननले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । फिल्मको चर्चा त निकै भयो तर व्यावसायिक रुपमा भने यो फिल्म सफल हुन सकेन ।

५. ब्योमकेश बक्सि
सुशान्त आफुलाई हमेशा अभिनयका लागी परीक्षणमा राख्दथे । सोहि अनुरुप उनले अनौठो भुमिकाका लागी फिल्म ब्योमकेश बक्सिमा काम गरे ।

यस फिल्ममा सुशान्त एक डिटेक्टिभका रुपमा थिए । यो फिल्म समेत बक्स अफिसमा राम्रो ब्यवसाय गर्न सकेन । तर उनको मेहनलाई भने धेरैले रुचाए ।

६. पिके
आमिर खानको बहुचर्चित फिल्म पिकेलाई अलटाइम हिट मानिन्छ । यस फिल्मको मुख्य भुमिकामा आमिर नै थिए तर सुशान्तले निभाएको रोलका कारण छोटो भएपनि उनले सम्झना योग्य काम गरे ।

उनले निर्वाह गरेको सरफराजको भुमिका निकै महत्वपुर्ण थियो । फिल्मले करीबन ३ सय करोडको ब्यापार गरेको थियो ।

७. एम एस धोनी
भारतीय क्रिकेटर एम एस धोनीको जीवनमा आधारीत फिल्म एम एस धोनीमा सुशान्तको मेहनत र अभिनयको बेजोड मिश्रण देख्न पाइन्छ ।

कबीर खानको निर्देशनमा बनेको यस फिल्म मार्फत उनी दर्शक र क्रिटिक्सको मनमा राम्रो छाप छाड्न सफल भए । यस फिल्मले १ सय ३० करोडको व्यवसाय गरेको थियो ।

८. शुद्ध देसी रोमान्स
सुशांत सिंह राजपूतले करीयरको शुरुवातमा रोमान्टिक फिल्म शुद्ध देसी रोमान्सबाट काम थालेका थिए । मनीष शर्माको निर्देशनमा बनेको यस फिल्मलाई क्रिटिक्सबाट सह्राना नमिले पनि बक्स अफिसमा भने सफल रहेको थियो ।

९.सोनचिडिया
सुशान्तले आफ्नो करियरमा डाकाको भुमिका समेत निर्वाह गरेका छन् । सन् २०१९ मा रिलिज भएको फिल्म सोनचिडियामा सुशान्तले डाकाको भुमिका निर्वाह गरेका थिए । सुशान्तको अभिनयको काफि चर्चा रहेपनि यो फिल्म सफल हुन सकेन ।

१०. काई पो छे
सन् २०१३ मा रिलिज भएको फिल्म काई पो छे मार्फत बलिउडले सुशान्त सिंह राजपूत जस्तो अब्बल कलाकार पाएको थियो । चेतन भगतको पुस्तकको कथामा आधारीत यस फिल्मलाई दर्शक तथा क्रिटिक्सले निकै रुचाए । उनको अभिनयको समेत निकै चर्चा भयो । तथापी फिल्म हिट भने हुन सकेन ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ४१ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल