सात सीडीओको सरुवा « Khabarhub

सात सीडीओको सरुवा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ ।

सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा गरेको छ । गृह मन्त्रालय सह–प्रवक्ता एवं उपसचिव उमाकान्त अधिकारी म्याग्दीको सीडीओ भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी उपसचिव हिरादेवी पौडेललाई मुस्ताङको सीडीओ बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सीडीओ खिमलाल भुसाललाई प्युठानको सीडीओ बनाइएको छ ।

त्यस्तै सहायक सीडीओ धु्रव गिरीलाई स्याङजाबाट सरुवा गरेर मनाङको सीडिओ बनाइएको छ । त्यस्तै सहायक सीडीओ राजकुमार राईलाई झापाबाट सरुवा गरेर पूर्वीरुकुमको सीडीओ बनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : १५ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ