बेलारूसको चुनावमा एलेक्जेन्डर लुकाशेन्का नै निर्वाचित हुने देखिएपछि प्रदर्शन र झडप « Khabarhub

बेलारूसको चुनावमा एलेक्जेन्डर लुकाशेन्का नै निर्वाचित हुने देखिएपछि प्रदर्शन र झडप


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलारूसको भएको निर्वाचनमा फेरि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्का निर्वाचित हुने देखाएपछि राजधानी मिन्स्कसहित विभिन्न शहरमा प्रदर्शन भएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएका छन्। मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गर्दा कयौँ प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ ।

सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएपछि त्यसको विरोधमा ब्यापक प्रदर्शन शुरू भएको बताइएको छ।

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको विवरणलाई आफूले पत्याउन नसक्ने बताएकी छन्।

विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठान्दै वैकल्पिक गणना पनि जारी राखेको बताएका छन्। ३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमान्‌को आफ्ना सट्टा चुनावमा उठेकी थिइन् । उनको पक्षमा चुनावी र्‍यालीमा हजारौँ मानिसहरूले साथ दिएकाले उनी विजयी हुने कतिपयले आकलन गरेका थिए ।

सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले भने प्रदर्शन र झडपका बाबजुद परिस्थिती सरकारको नियन्त्रणबाहिर नजाने बताएका छन् ।

सन् २०१५ को चुनावमा लुकाशेन्काले ८३.५ प्रतिशत मतले आफू विजयी भएको घोषणा गरेका थिए।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : ०७ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको