घुस रकमसहित प्रमुख इन्जिनियर अख्तियारको नियन्त्रणमा « Khabarhub

घुस रकमसहित प्रमुख इन्जिनियर अख्तियारको नियन्त्रणमा


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – खानेपानी संस्थान बुटवलका प्रुमख इन्जिनियर सन्तोष साह प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।

इन्जिनियर साहले शाखा कार्यालयका केही व्यक्तिसँग घुस लिएर काठमाडौं जाँदै गर्दा अख्तियारका अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

आयोगको केन्द्रीय टोलीले साहलाई नगद दुई लाख ३३ हजार ५ रुपैयाँसहित धादिङबाट नियन्त्रणमा लिएको हो । अख्तियारले ८ लाख २२ हजारको बैंक भौचर पनि बरामद गरेको छ ।

अख्तियारका अनुसार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा साह बुटवलबाट काठमाडौंतर्फ जाँदै थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ११ : ४३ बजे

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा

इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

बगदाद- एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य

पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने