घुस रकमसहित प्रमुख इन्जिनियर अख्तियारको नियन्त्रणमा | Khabarhub Khabarhub

घुस रकमसहित प्रमुख इन्जिनियर अख्तियारको नियन्त्रणमा


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – खानेपानी संस्थान बुटवलका प्रुमख इन्जिनियर सन्तोष साह प्रक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।

इन्जिनियर साहले शाखा कार्यालयका केही व्यक्तिसँग घुस लिएर काठमाडौं जाँदै गर्दा अख्तियारका अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

आयोगको केन्द्रीय टोलीले साहलाई नगद दुई लाख ३३ हजार ५ रुपैयाँसहित धादिङबाट नियन्त्रणमा लिएको हो । अख्तियारले ८ लाख २२ हजारको बैंक भौचर पनि बरामद गरेको छ ।

अख्तियारका अनुसार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा साह बुटवलबाट काठमाडौंतर्फ जाँदै थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ११ : ४३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र