ट्रमा सेन्टरका एक स्वास्थ्यकर्मीमा कोरोना, ४० कर्मचारीलाई क्वारेन्टाइनमा राखिँदै « Khabarhub

ट्रमा सेन्टरका एक स्वास्थ्यकर्मीमा कोरोना, ४० कर्मचारीलाई क्वारेन्टाइनमा राखिँदै


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक सन्तोष पौडेलले एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

डा पौडेलका अनुसार अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएको हो ।

संक्रमित कर्मचारी ४३ वर्षका पुरुष हुन् । अस्पतालको स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यारत ४० जनालाई क्वारेन्टाइनमा राख्न लागिएको डा पौडेलले खबरहबलाई बताए ।

‘हाम्रो अस्पतालका एकजना ४३ वर्षका पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो,’ डा पौडेलले भने, ‘उहाँ हेल्थ असिस्टेन्ट हुन्, उहाँमा कोरोना पुष्टि भएपछि अस्पतालका ४० जना कर्मचारीलाई क्वारेन्टाइनमा राख्दै छौं ।’

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ३ : ५३ बजे

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६