सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ । ।

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ ।

चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : २५ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको