चीनविरूद्ध लड्न भारतीय सेना तयारी अवस्थामा – चिफ अफ डिफेन्स स्टाफ रावत « Khabarhub

चीनविरूद्ध लड्न भारतीय सेना तयारी अवस्थामा – चिफ अफ डिफेन्स स्टाफ रावत


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका हुन्।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार सीडीएस र सेनाका शीर्ष अधिकारीले संसदको लेखा समितिमा एलएसीमा चीनले अभ्यासको नाममा सीमा क्षेत्रमा निर्माणको काम गरिररहेको र त्यसलाई टक्कर दिन भारत तयार रहेको बताएका छन्।

‘भारत चीनको कुनै पनि कदमको जवाफ दिन पूर्ण तयार छ। हामी कुनै पनि अवस्थाको सामना गर्नका लागि तयार छौँ,’ रावतले संसदीय समितिमा सांसदहरूको जिज्ञासामा भने, ‘लद्दाखमा त्यसका लागि सबै व्यवस्था भइसकेको छ ।’

चीनले सीमा आसपासका क्षेत्रमा झण्डै ४० हजार सैनिक तैनाथ गरेको भारतीय दाबी छ । पछिल्लो समय शिनजियाङ्गमा तैनाथ चिनियाँ सैनिकले भारतीय क्षेत्र अतिक्रमण बढाउन लागेको समेत समाचारमा उल्लेख छ ।

गत जुन १५ मा लद्दाखस्थित गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबीच भीडन्त भएको थियो । सो भीडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । उक्त भीडन्तमा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको दाबी गरिए पनि सोबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको