बैंगलोरद्वारा दिल्लीसमक्ष १ सय ५० रनको चुनौती « Khabarhub

बैंगलोरद्वारा दिल्लीसमक्ष १ सय ५० रनको चुनौती


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरबाट १ सय ५० रनको लक्ष्य पाएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभर पुरा खेलेको बैंगलोरले ८ विकेट गुमाएर १सय ४९ रन बनाएको हो ।

दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरेपनि बैंगलोरले १ सय ४९ रन बनाएको हो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४१ रन बनाए भने मोईन अलिले ३२ रन बनाएका थिए ।

अन्य ब्याट्सम्यानहरुमा अक्षदीप नाथले १९, एबि डि भिलियर्सले १७ र मार्कस स्टोनिसले १५ रन बनाएका थिए ।

बैंगलोरविरुद्ध कागिसो रबाडाले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर एक विकेट लिए । यस्तै, क्रिस मोरिसले २ तथा अक्षर पटेलले एक विकेट लिएका थिए ।

त्यस्तै, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बैंगलोरविरुद्ध महंगा सावित भएका छन् । उनले खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर १ विकेट लिए भने दिल्लीलाई पहिलो विकेटको सफलता दिलाउन पार्थिव पटेलको क्याच लिएका थिए । बैंगलोरविरुद्ध दिल्ली केही बेरमा मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ११ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार