कमलादी नक्कली सुन प्रकरण : जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ « Khabarhub

कमलादी नक्कली सुन प्रकरण : जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ ।

१५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले खबरहबलाई जानकारी दिए ।

‘अन्सारीलाई आज बिहान निजगढबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो,’ सिंहले भने, ‘अनुसन्धान जारी रहेकाले विस्तृत विवरण पछि खुलाउँछौँ ।’

गत साउन १३ गते प्रहरीले कमलादीमा फेला पारेको १५ किलो नक्कली सुन प्रकरणमा हुसेनलाई  प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको हो ।

युनुस अन्सारीसंग साझेदारी गरेका हुसेन २०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए।

जिल्ला अदालत ललिपुरले जाली नोट कारोबारमा दोषी ठहर गर्दै २०६७ जेठमा तीन वर्ष कैद र २ करोड ६१ लाख रुपैंया विगो जरिवाना गराएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : २५ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको