परिवार भएको अशान्ति मेटाउन अपनाउनुपर्ने उपाय « Khabarhub

परिवार भएको अशान्ति मेटाउन अपनाउनुपर्ने उपाय


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्ति चाहान्छन् उसको घरमा सुख, शान्ति छाओस् । तर आजकलको जीवनशैलीमा घर र कामका बिचमा सन्तुलन बनाउन निकै कठिन हुन्छ ।

अहिले कतिपय मानिसको जीवनमा धनसम्पती, परिवार, सुख सुविधा भएर पनि उसको मन अशान्त रहन्छ । यसका लागी घरमा रहेको नेगेटिभ एनर्जी प्रवाहको दोष रहन्छ । यसका लागी केहि उपाय अपनाएमा मात्र घरको माहौल शान्त हुनसक्छ ।

१. यदि तपाइको घरमा अशान्तिको माहौल छ, हर समय झगडा भइरहन्छ भने सयपत्री फूललाई आइतबार बाहेक हरेक दिन कुमकुम लगाएर तुलसी मठमा अर्पण गर्नु पर्दछ ।

२. घरको पश्चिम र दक्षिण दिशाको भित्तामा घरका जेष्ठ सदस्यको तस्विर लगाउनु पर्दछ । यसले एक प्रकारले रक्षा कवचको काम गर्दछ ।

३. घरमा कुनै यस्ता तस्विर नलगाउनु जो शोक, दुख र लाचारीपनलाई दर्शाउँछ । तसर्थ घरमा केवल यस्ता तस्विर मात्र लगाउनुहोस् जसले खुशी, सफलता र पोजेटिभ सोच झल्काउँछ ।

४. घरमा कहिल्यै पनि भाचिँएको काइयोँ राख्नुहुदैन । अन्यथा घरमा अशान्तिको माहौल बनाउने गर्दछ । यदि घरमा भाचिँएको काइयोँ छ भने त्यसलाई तत्काल फ्याक्नुहोस् ।

५. घरको मुख्यद्धारमा हरदम उज्यलो बनाइ राख्नुहोस् । किनभने जुन घरको मुख्यद्धार अध्याँरो हुन्छ त्यस घरमा दुख र द्ररीद्रता छाउने गर्दछ ।

६. यदि घरमा लगातार आर्थिक समस्या हुने गरेको छ भने रकम राखिने दराजमा पैसाका साथमा एक थान ऐना राख्नुहोस् । यसले घरको आर्थिक अभाव कम गर्दछ ।

७. घरको पूर्व उत्तर कुनामा कहिल्यै पनि फोहोर नपार्नुहोस् । अन्यथा परिवारका सदस्यका विचमा मानसिक तनाव बढ्ने गर्दछ ।

८. यदि घरको भित्ता चर्किएको छ भने तुरुन्त त्यसलाई मर्मत गर्नुहोस् । यस्तोलाई अशुभ मानिन्छ ।

९. घरका भित्तामा झुण्ड्याइने घडी हमेशा चालु अवस्थामा राख्नुहोस् । रोकिएको घडीले भाग्यमा असर पार्दछ ।

१०. घरमा कुनै पनि देवी वा देवताको एक भन्दा बढि मुर्ती नराख्नुहोस् । अझ दुई मुर्तीलाई आमनेसामने नराख्नुहोस् । यसले घरमा विवाद भित्र्याउने गर्दछ ।

११. घरमा कहिल्यै पनि टुक्रिएको सिसा वा ऐना राख्नु हुदैन । यसले नकारात्मक एनर्जी प्रवाह गर्दछ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ०७ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र