सैनिक अनुसन्धान केन्द्र खोल्न सेनालाई महाविर पुनको सुझाव « Khabarhub

सैनिक अनुसन्धान केन्द्र खोल्न सेनालाई महाविर पुनको सुझाव


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले नेपाली सेनालाई नेपाली सैनिक अनुसन्धान केन्द्र खोल्न सुझाव दिएका छन् ।

नेपाली सैनिक वार कलेज, नगरकोटमा कर्णेल र जर्नेलसँगको ‘नेपालमा अनुसन्धान तथा विकासको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने र सम्भब भएसम्मका मिलिटरी समानको विकास गर्न सैनिक अनुसन्धान केन्द्र बनाउन आवश्यक रहेको बताए ।

अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रले गरेको कामका बारेमा पनि जानकारी गराएका थिए ।

अन्तर्क्रियामा पुनले दिएको सुझाव यस्तो छ :

१) नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने सम्भब भए सम्मका बिभिन्न किसिमका मिलिटरी सामानहरुको विकास गर्नको लागी र ति सामानहरु उत्पादन गर्नको लागि.एउटा “नेपाली सैनिक अनुसन्धान केन्द्र” खोल्यो भने र त्यसकाममा नेपाली ईन्जिनियरहरु लाई नै प्रयोग गर्यो भने प्रतिभाशाली सन्ततिहरुको लागी पनि सुबर्ण अबसर प्राप्त हुने थियो । सो केन्द्रमा सम्भब भए सम्मका military tools and equipment, autonomous robots, weapons तथा सुरक्षाको दृष्टिकोणले अति संबेदनशिल कुराहरुमा अनुसन्धान तथा विकास गरे हुन्छ ।

२) अर्को बिकल्प भनेको सेनाले २० देखि २५ करोड रुपैंया सम्म खर्च गरेर हाल सेना कै मातहतमा रहेको सुन्दरीजल आर्सनल र सेनाको मर्मत सम्भार केन्द्रमा बिभिन्न किसिमको आधुनिक CNC, Laser सहित मेकानिकल र ईलेकट्रोनिकका उपकरणहरु किनेर अनुसन्धान तथा बिकासको काम गरे पनि हुन्छ । किन भने सेनाको लागी २० देखि २५ करोड रुपैंया ठुलो कुरो होइन । ति औजारहरु प्रयोग गरेर सेनाको बिग्रेका हातहतियारहरु र अन्य मशीनरी सामानहरुको सानातिना पार्टपुर्जाहरु बनाएर मर्मत सम्भार गर्ने र अनुसन्धान गरेर बिकास गरेको सामानहरु बनाउने काम गरे पनि हुन्छ ।

३) नेपाली सेनाले चाहेको र आँट गरेको खण्डमा सेना र राष्ट्रिय आविष्कार केन्द्र मिलेर बिभिन्न किसिमका अनुसन्धान तथा बिकासका कामहरुमा सहकार्य गर्न सकिने कुराको पनि जानकारी दिईयो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ४९ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक