सैनिक अनुसन्धान केन्द्र खोल्न सेनालाई महाविर पुनको सुझाव | Khabarhub Khabarhub

सैनिक अनुसन्धान केन्द्र खोल्न सेनालाई महाविर पुनको सुझाव


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनले नेपाली सेनालाई नेपाली सैनिक अनुसन्धान केन्द्र खोल्न सुझाव दिएका छन् ।

नेपाली सैनिक वार कलेज, नगरकोटमा कर्णेल र जर्नेलसँगको ‘नेपालमा अनुसन्धान तथा विकासको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने र सम्भब भएसम्मका मिलिटरी समानको विकास गर्न सैनिक अनुसन्धान केन्द्र बनाउन आवश्यक रहेको बताए ।

अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रले गरेको कामका बारेमा पनि जानकारी गराएका थिए ।

अन्तर्क्रियामा पुनले दिएको सुझाव यस्तो छ :

१) नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने सम्भब भए सम्मका बिभिन्न किसिमका मिलिटरी सामानहरुको विकास गर्नको लागी र ति सामानहरु उत्पादन गर्नको लागि.एउटा “नेपाली सैनिक अनुसन्धान केन्द्र” खोल्यो भने र त्यसकाममा नेपाली ईन्जिनियरहरु लाई नै प्रयोग गर्यो भने प्रतिभाशाली सन्ततिहरुको लागी पनि सुबर्ण अबसर प्राप्त हुने थियो । सो केन्द्रमा सम्भब भए सम्मका military tools and equipment, autonomous robots, weapons तथा सुरक्षाको दृष्टिकोणले अति संबेदनशिल कुराहरुमा अनुसन्धान तथा विकास गरे हुन्छ ।

२) अर्को बिकल्प भनेको सेनाले २० देखि २५ करोड रुपैंया सम्म खर्च गरेर हाल सेना कै मातहतमा रहेको सुन्दरीजल आर्सनल र सेनाको मर्मत सम्भार केन्द्रमा बिभिन्न किसिमको आधुनिक CNC, Laser सहित मेकानिकल र ईलेकट्रोनिकका उपकरणहरु किनेर अनुसन्धान तथा बिकासको काम गरे पनि हुन्छ । किन भने सेनाको लागी २० देखि २५ करोड रुपैंया ठुलो कुरो होइन । ति औजारहरु प्रयोग गरेर सेनाको बिग्रेका हातहतियारहरु र अन्य मशीनरी सामानहरुको सानातिना पार्टपुर्जाहरु बनाएर मर्मत सम्भार गर्ने र अनुसन्धान गरेर बिकास गरेको सामानहरु बनाउने काम गरे पनि हुन्छ ।

३) नेपाली सेनाले चाहेको र आँट गरेको खण्डमा सेना र राष्ट्रिय आविष्कार केन्द्र मिलेर बिभिन्न किसिमका अनुसन्धान तथा बिकासका कामहरुमा सहकार्य गर्न सकिने कुराको पनि जानकारी दिईयो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ४९ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने