आलियाको ‘सडक २’ ट्रेलर ट्रेन्डिङमा, डिसलाइकमा बनायो रेकर्ड « Khabarhub

आलियाको ‘सडक २’ ट्रेलर ट्रेन्डिङमा, डिसलाइकमा बनायो रेकर्ड


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ ।

दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मको ट्रेलर रिलिज हुनासाथ भारतीय दर्शकले यसलाई डिसलाइक गर्न शुरु गरेका थिए । भारतीय फिल्म नगरीमा चलेको नेपोटिज्म बहसले यो फिल्मलाई पूर्ण रुपमा प्रभावित पारेको छ । यो फिल्म यति छोटो समयमा धेरै डिसलाइक पाउने पहिलो ट्रेलर हो ।

फिल्ममा आलियाको अभिनय छ । जुन फिल्म उनका बाबु महेश भट्टले निर्देशन गरेका हुन् ।

होम प्रोडक्सनको फिल्ममा आलियाले अभिनय गरेका कारण पनि दर्शकहरु यो फिल्मका विरुद्ध खनिएका हुन् ।

तीन कथाहरुको एउटा यात्रा भनिएको यो फिल्ममा मुकेश भट्टको निर्माण रहेको छ । फिल्म २८ अगस्तमा डिज्ने प्लस हटस्टारबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ५६ बजे

प्रधानमन्त्री कार्कीबाट ‘तमु ल्होसार’को शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न