नेकपाको विवाद हल गर्न महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन « Khabarhub

नेकपाको विवाद हल गर्न महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न कार्यदल गठन भएको छ ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलका सदस्यहरूमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

बिहीबार नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकारात्मक भएपछि विवाद हल गर्न कार्यदल बनाइएको हो । बिहीबारकै सहमति अनुसार शुक्रबार भएको छलफलमा कार्यदल बनाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने जिम्मेवारी पाएको छ । पहिलो अध्यक्ष ओली नै रहने तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गर्ने तयारी छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउनेछ । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्नेछ ।

कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने ओली र दाहालको तयारी छ । दुई अध्यक्षबीचको संवादअघि महासचिव पौडेल, स्थायी कमिटी सदस्य पोखरेल र शर्माले सहमतिका लागि गृहकार्य गर्न शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : २९ बजे

एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागीका लागि दलहरूलाई

युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान

लन्डन– बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट– बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको

महेश बस्नेतको आरोप : एमालेको महाधिवेशन बिथोल्न कुलमानले नागढुंगाको सडक बन्द गरे

काठमाडौं– नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जा तथा भौतिक

बैतडीको सुर्नयामा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

दशरथचन्द– बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया