समाचार संकलनका क्रममा पक्राउ परेका बेलारूसका १० पत्रकारलाई रिहाइ गर्न माग « Khabarhub

समाचार संकलनका क्रममा पक्राउ परेका बेलारूसका १० पत्रकारलाई रिहाइ गर्न माग


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सरकारी विरोधी प्रदर्शनको समाचार संकलनमा खटिदा बेलारूसमा पक्राउ परेका १० जना पत्रकारलाई तत्काल रिहाइ गर्न त्यहाँको पत्रकार महासंघले माग गरेको छ ।

आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै बेलारूसको पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुख बोरिस गोरेत्स्कीले तत्काल उनीहरूको रिहाइ गर्न माग गरेका हुन् ।

उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन् ।

समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा गोरेत्स्कीले यस्तो माग गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ३४ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र