विश्वभर २ करोड १८ लाखभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

विश्वभर २ करोड १८ लाखभन्दा बढीलाई कोरोना संक्रमण


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।

एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार १५९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार ५२५ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७२ हजार ९६५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४५ लाख ५६ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.७० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार १२४ जनाको मृत्यु भएको छ । ३१ लाख ६५ हजार २६३ जना संक्रमित भएकोमा १९ लाख १० हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४७ हजार ५२१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख ६५ हजार २३४ पुगेको छ । त्यसमध्ये ३५ लाख ८५ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २० हजार १४८ जनाको मृत्यु भएको छ । ५६ लाख ५९ हजार ७९४ जना संक्रमित भएकोमा ४३ लाख ८७ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७६ हजार ६५ जनाको मृत्यु भएको छ । ५२ लाख ८२ हजार ९९० जना संक्रमित भएकोमा ३८ लाख १८ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ६७० जनाको ज्यान गएको छ भने ११ लाख २२ हजार ७०८ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ३८ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४२२ जनाको मृत्यु भएको छ । २५ हजार ४४९ जना संक्रमित भएकोमा १५ हजार ३८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : १४ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको