नबिल बैंकद्वारा आफ्ना ऋणीलाई ०.२५ प्रतिशत छुट « Khabarhub

नबिल बैंकद्वारा आफ्ना ऋणीलाई ०.२५ प्रतिशत छुट


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ ।

कोरोनाभाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा आºना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्ँन् ।’

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्ıका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १ : ५८ बजे

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार

बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका