झापाको दमकमा एकै दिन १३ जनामा संक्रमण « Khabarhub

झापाको दमकमा एकै दिन १३ जनामा संक्रमण


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा –  झापाको दमकमा आज एकै दिन १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै दमकमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । केही दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा आज १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको दमक नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिए ।

संक्रमितमध्ये ३ जना शसस्त्र प्रहरी रहेका छन् भने दुई जना नेपाल टेलीकम दमकमा कार्यरत ३७ र ४० वर्षका पुरुष कर्मचारी रहेका छन् ।

यस्तै दमक ५ मा होम क्वारेन्टाईनमा बसेका ३१ बर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य ७ जना संक्रमित विदेशबाट आएर दाहाल प्रतिष्ठानमा बनाइएको क्वारेन्टाईनमा बसेका दमककै विभिन्न वडाका २१ देखि ४४ वर्षसम्मका पुरूषहरू भएको  बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ५२ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन