हेटौँडामा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

हेटौँडामा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण पुष्टि


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ  ।

गएराति हेटौँडा–४ स्थित आइसोलेशन कक्षका मृत्यु भएका हेटौँडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उनमा  कोरोना सङ्क्रमण भएको पुष्टि भएको चौलागाईले बताए  ।

हेटौँडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ३ : १२ बजे

साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा