कोरोनाको कहरकै बीच चौरचन पर्व मनाइँदै | Khabarhub Khabarhub

कोरोनाको कहरकै बीच चौरचन पर्व मनाइँदै


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रास बीच आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ ।

अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मिथिलाका बासिन्दा आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन् ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफुल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मिथिलाका बासिन्दा हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् ।

पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन चतुष्कोणमा दीप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ ।

खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफुल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ ।

अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । यो ब्रतको प्रभावले मिथ्या दोष नलाग्ने मैथिल जनविश्वास रहेको याज्ञबल्क्य लक्ष्मीनारायण बिद्यापिठ मटिहानी, महोत्तरीका साहित्य विषयका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् । प्रदेश-२ भरि नै उल्लास र भक्तिसाथ मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको पाइन्छ ।

यसपाली कोभिड–१९ महाब्याधीको सन्त्रासले चाडपर्वको उल्लास हराएको छ । यसअघि महिना दिन पहिले नै शुरु हुने महिलाले मनाउने तीज पर्वको पनि कुनै रमझम देखिएन । हिजो शुक्रबार घरघरै उपवास बसेर यस भेगका महिलाले तीज पर्व मनाएका छन् । तीजविशेषका सार्वजनिक कुनै कार्यक्रम यसपाली देखिएन । त्यसैगरि गतचैतयताका सबैजसो धर्म सम्प्रदायका चाडपर्व यसपाली अत्यन्त सामान्य तरिकाले कतै भिडभाड नगरी मनाइँदै आइएको छ । सुभम साह

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ११ : ०४ बजे

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो

एजेनसी– अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको

गणतन्त्रपछि आफ्नो पहिचान जोगाउने अवसर प्राप्त भयो : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका

‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को

झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए

एजेन्सी– गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी