खरिपाटीको आइसोलेसन कक्षको प्रदेशमन्त्री दुलालले गरे निरीक्षण | Khabarhub Khabarhub

खरिपाटीको आइसोलेसन कक्षको प्रदेशमन्त्री दुलालले गरे निरीक्षण


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन कक्षको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले निरीक्षण गरेका छन् ।

सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५०० बेडको आइसोलेसन बनाउन निर्देशन दिएपछि धमाधम आइसोलेसन कक्ष बनाइरहेको उक्त स्थानको प्रदेशमन्त्री दुलाले निरीक्षण गरेका हुन् ।

भक्तपुर अस्पतालको नेतृत्वमा २०० बेडको आइसोलेसन बनाएपछि शनिबार मन्त्री दुलाल खरिपाटी पुगेका हुन् ।

सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा.सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराए ।

मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको निरीक्षण गरे ।

सो क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा.गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० बेड आइसीयू र आइसोलेसन तथा खरिपाटीमा २०८ बेड गरी २३८ बेड तयार गरिएको जानकारी गराइन् ।

खरिपाटीस्थित आइसोलेसनमा शनिबार १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : ५० बजे

गण्डकीको बजेट : जलवायु संकटको सन्देश दिन माछापुच्छ्रे संवाद 

पोखरा– गण्डकी प्रदेश सरकारले संकटको सन्देश दिन माछापुच्छ्रे संवाद गर्ने

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को नारामा ल्याएको कोशीको बजेटमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ‘स्वच्छ, सुखी

माबिलुङ्ग इनर्जीको आइपीओ आउने 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) निष्काशन

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

पोखरा– गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि