तनहुँमा फरार मुद्दाका ४७ जना पक्राउ, १० लाख रूपैयाँ राजश्व संकलन | Khabarhub Khabarhub

तनहुँमा फरार मुद्दाका ४७ जना पक्राउ, १० लाख रूपैयाँ राजश्व संकलन


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका फरार व्यक्तिबाट १० लाख रूपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

ज्यान मुद्दा, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए । यसरी फरार हुने मुद्दामा अधिकांश चोरी घटनाका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : ३१ बजे

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध

जुम्ला– जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ ।

कांग्रेस बागमती संसदीय दलको बैठक हेटौँडामा, टरेको छैन मुख्यमन्त्री लामाको संकट

हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक हैटौँडामा मंगलबार

मुख्य राजमार्गकै यात्रा कठिन

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकअन्तर्गत मुख्य दुई राजमार्ग अरनिको र बीपी राजमार्ग अवस्थित

कम्बोडियाले युद्धविराम भङ्ग गरेको थाई सेनाको आरोप

बैंकक– थाइल्यान्डको सेनाले मङ्गलबार कम्बोडियामाथि युद्धविराम भंग गरी झडप जारी

नागको पूजा अर्चना गरी मनाइयो नागपञ्चमी

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार