क्यान्सर अस्पतालका सबै सेवा फेरि सञ्चालन « Khabarhub

क्यान्सर अस्पतालका सबै सेवा फेरि सञ्चालन


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट फेरि शुरु भएका छन् ।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए ।

परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ ।

अस्पतालका बहिरङ्ग सेवाहरु नियमित गरिएको छ ।यद्यपि अस्पतालमा आउनै पर्ने भए मात्र अस्पताल आउन अनुरोध गरिएको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकाले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेर मात्रै आउन भनिएको छ ।

अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन् । प्रदेश नम्बर २ को बढी सङ्क्रमित क्षेत्रबाट ठूलो सङ्ख्यामा बिरामीहरु आउने गरेका छन् । यसबाट अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको गौतमले बताए ।

यसैबीच  सो अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । कार्यकारी निर्देशक गौतमले भने, ‘हामी दुई तीन दिनमै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारीमा छौँ ।’

प्रयोगशालालाई आवश्यक पर्ने रिएजेन्टहरु आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढिलाइ भएको हो । अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रयोगशाला सञ्चालन गर्ने विषयमा जानकारी गराइसकेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : १९ बजे

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)