रूसी सरकारका आलोचक नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएको खुलासा « Khabarhub

रूसी सरकारका आलोचक नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएको खुलासा


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रूसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विषाक्त पदार्थ खुवाएको खुलासा भएको छ ।

जर्मनीको बर्लिनस्थित च्यारिते अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

रूसमा भने उनको उपचारमा संलग्न डाक्टरहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए। रूसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी गएको बिहीबार बिरामी परेका थिए।

उनी बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेरे अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर बनेपछि कोमामा राखेर उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएको तथा जोखिम बढेको भन्दै उनलाई जर्मनी लगिएको थियो।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन्। ४४ वर्षीय नाभाल्नी रुसी सत्ताको कट्टा आलोचक हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै