सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी « Khabarhub

सङ्क्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – दैनिक बढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् ।

जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन् ।

सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६/१६ जना छन् ।

भरतपुर अस्पतालका १५, नारायणी सामुदायिक अस्पतालका तीन, स्थानीय क्लिनिकका तीन र सेन्ट्रल अस्पतालका दुई जना रहेका छन् ।

त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र बाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने एक/एक जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिए ।

हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी सङ्क्रमित भरतपुर महनगरका २८४, माडीका ५०, रत्ननगरका ३८, राप्तीका ७५, खैरहनीका १७, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाउँपालिकाका दुई जना रहेका छन् ।

सङ्क्रमित स्वास्थ्यकर्मी र अरु बिरामी सरकारी अस्पताल, दुई मेडिकल कलेजका अइसोलेसन र घरमै रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी बिरामीबाट अस्पतालमा सङ्क्रमण आएको र स्वास्थ्यकर्मीमा फैलिएको बताउँछन् ।

बिरामीमा सङ्क्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्षाकवज प्रयोग नगर्दा पनि सङ्क्रमण फैलिएको उनको अनुमान छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : २५ बजे

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई