बुटवलमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु « Khabarhub

बुटवलमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनका अनुसार उनलाई यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर शुरुदेखि नै भेन्टिलेटरमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको जनाइएको छ ।

यससँंगै कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ । यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने आठ जना पुगेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : १५ बजे

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई