जापानी प्रधानमन्त्री आबेद्वारा राजीनामा « Khabarhub

जापानी प्रधानमन्त्री आबेद्वारा राजीनामा

भने : मेरो स्वास्थ्य अवस्थाले सरकारको काममा असर पर्नु हुँदैन


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । उनले आफ्नो अस्वस्थताका कारण राजीनामा दिएको बताएका छन् ।

आफ्नो अस्वस्थताका कारणले सरकारको निर्णय प्रक्रियामा कुनै असर नपरोस् भनेर आफूले राजीनामा गरेको उनले बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जनतासमक्ष माफी पनि मागेका छन् ।

आबे जपानमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने नेता हुन् । ६५ वर्षे आबे सन् २०१२ देखि निरन्तर प्रधानमन्त्री पदमा थिए । उनको कार्यकाल करिब एक वर्ष बाँकी थियो । आबेले सन् २००७ मा पनि अस्वस्थताकै कारण प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए ।

बीबीसीका अनुसार आबे युवाअवस्थादेखि नै अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । आबेले गत मध्य जुलाईदेखि आफ्नो स्वास्थ्य समस्या बढ्दै गएको बताएका छन् । उनले आफू निरन्तर उपचारमा लाग्नुपर्ने भएको सरकारमा रहेर काम गर्न असमर्थ हुने पनि बताएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ३ : १८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर