अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ९६ हजार बढी « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ९६ हजार बढी


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा कोरोनाभाइरसबाट अहिलेसम्म करीब दुई करोड ४९ लाख संक्रमित भएका छन्।

तीमध्ये अमेरिकामा मात्र ६० लाख ९६ हजारभन्दा बढी संक्रमित छन्।

अमेरिकामा अहिले पनि करीब २५ लाख ३७ हजार सक्रिय संक्रमित छन्। निको हुनेको संख्या ३३ लाख ७२ हजार पुगेको छ।

अहिलेसम्म एक लाख ८५ हजार ८८९ जनाको मृत्यु भइसकेको छ।

गएको २४ घन्टामा मात्र अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट एक हजार ९३ जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा एक हजार १९ र ब्राजिलमा ८६८ जनाको मृत्यु भएको छ।

कुल मृतक संख्याको सूचीमा भारत मेक्सिकोभन्दा अगाडि पुगेको छ। अब विश्वमा तेस्रो धेरै कुल संक्रमित र कुल मृतक भएको देश भारत भएको छ। यसअघि कुल संक्रमित मेक्सिकोमा भन्दा भारतमा बढी भए पनि मृतकको संख्या मेक्सिकोमा धेरै थियो।

भारतमा अहिलेसम्म ३४ लाख ६१ हजारभन्दा बढी संक्रमित छन्। तीमध्ये करीब २६ लाख ४७ हजार निको भएका छन्। करीब सात लाख ५१ हजार उपचाररत छन् भने ६२ हजार ७१३ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा भने अहिलेसम्म ६२ हजार ५९४ जनाको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमित पाँच लाख ७९ हजार ९१४ छन्। विश्वमै बढी मृत्यु हुने देशको सूचीमा चौथो नम्बरमा रहेको मेक्सिको बढी संक्रमित हुने सूचीमा भने आठौँ नम्बरमा छ।

मेक्सिकोमा अन्य देशको तुलनामा मृत्युदर उच्च छ।

दोस्रो बढी संक्रमित भएको ब्राजिलमा संक्रमितको संख्या ३८ लाख १२ हजार नाघेको छ। त्यहाँ अहिले पनि सात लाख १६ हजार उपचाररत छन् भने एक लाख १९ हजार ५९४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ७ : ४७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई