टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने युरोपियन युनियनको चेतावनी « Khabarhub

टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने युरोपियन युनियनको चेतावनी


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएको हो ।

युरोपियन युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेप बोररेलले टर्कीलाई दुवै देशसँग वार्ताका लागि दिएको अवसरको सदुपयोग नगरेकाले सैन्य गतिविधिमा अवरोध भएको भन्दै तत्काल वातावरण सहज बनाउन चेतावनी दिएका हुन् ।

साइप्रस टापु नजिकै समुद्री सिमाना र ग्यास उत्खनन्को विवादले ग्रीस र टर्कीबीच लामो समयदेखि चल्दै आएको विवाद तत्काल समाधान गर्न युरोपियन युनियनले चेतावनी दिएको हो ।

उर्जा स्रोतमा टर्कीले गरेको दावी गलत भएको युरोपियन युनियनले जनाएको छ । तर टर्कीले भने युरोपियन युनियनको दावीको खण्डन गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ०१ बजे

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट