‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन « Khabarhub

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यानको निधन


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउडका चर्चित अभिनेता चाडविक बोसम्यानको निधन भएको छ । सन् २०१८ मा रिलिज भएको फिल्म ‘ब्ल्याक प्यान्थर’ का शीर्ष अभिनेता बोसम्यानको शुक्रवार निधन भएको हो ।

४३ वर्षीय यी अभिनेताको अमेरिकाको लस एन्जल्सस्थित निवासमा निधन भएको जनाइएको छ । उनलाई पेटको क्यान्सर थियो ।

मार्भलको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा उनले सुपरहिरोको भूमिका निभाएका थिए । यो फिल्मबाट उनले विश्वव्यापी चर्चा कमाएका थिए ।

चार वर्षअघि क्यान्सर भएको पत्ता लागे पनि उनले आफूलाई क्यान्सर लागेको सार्वजनिक गरेका थिएनन् ।

बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेका थिए । पछि उनले अभिनय यात्रा थालेका थिए । शुरुवाती दिनमा उनी स–साना भूमिकामा देखिएका थिए ।

सन् २००८ बाट फिल्ममा डेब्यु गरेका बोसम्यानलाई सन् २०१३ मा रिलिज भएको ‘४२’ ले चर्चा दिलाएको थियो । यो फिल्म अमेरिकी खेलाडी ज्याकी रोबिन्सनको जीवनमा आधारित छ ।

मार्भलले ब्ल्याक प्यान्थरको दोस्रो सिक्वेल बनाउने घोषणा गरेको थियो । मार्भल सिरिजका फिल्ममा उनले महत्त्वपूर्ण भूमिका निभाउँदै आएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १० : १६ बजे

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,