कतारमा मंगलबारदेखि मेट्रो रेलसहितका सार्वजनिक यातायात सञ्चालन हुने « Khabarhub

कतारमा मंगलबारदेखि मेट्रो रेलसहितका सार्वजनिक यातायात सञ्चालन हुने



दोहा – कोरोना भाइरसको महामारीले कतारमा लगाइएका प्रतिबन्ध क्रमिकरूपमा हटाइदै लगिएको छ ।

सेप्टेम्बर १ देखि तेस्रो चरणका प्रतिबन्ध हटाउने निर्णय गरिसकेको कतार सरकारले सोही दिन देखि मेट्रो रेलसहित सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको छ ।

तर, सार्वजनिक यातायात सञ्चालन निशर्त भने हुने छैन । कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यातायातको टिकट अनलाइन बुकिङ्ग गर्नुपर्ने छ भने स्टेशन भित्र र सार्वजनिक ट्रान्जिटमा खाने र पिउन प्रतिबन्ध लगाइएको छ ।

सामाजिक दूरी कायम गर्न पोस्टरहरू, फुटमार्क तथा भित्ता फ्लोर र सिटमा चेतनामुलुक संकेतहरू अनिवार्य राख्नुपर्ने भएको छ ।

मोबाइलमा एह्तराज एप अनिवार्य हुनुपर्ने तथा मास्क लगाइएका संक्रमणरहित यात्रुलाई मात्र यात्रा गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

यसघि कतारको विपत्ती व्यवस्थापन समितिले चौथो चरण दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो । सो निर्णय अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि र अवस्था सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्ता देखि लागू गरिने जनाइएको छ ।

कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४०७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १५ हजार २५१ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाका कारण १९६ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने  दूतावाससंग पनि तथ्याङ्क छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ०४ बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा