कतारमा मंगलबारदेखि मेट्रो रेलसहितका सार्वजनिक यातायात सञ्चालन हुने « Khabarhub

कतारमा मंगलबारदेखि मेट्रो रेलसहितका सार्वजनिक यातायात सञ्चालन हुने



दोहा – कोरोना भाइरसको महामारीले कतारमा लगाइएका प्रतिबन्ध क्रमिकरूपमा हटाइदै लगिएको छ ।

सेप्टेम्बर १ देखि तेस्रो चरणका प्रतिबन्ध हटाउने निर्णय गरिसकेको कतार सरकारले सोही दिन देखि मेट्रो रेलसहित सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको छ ।

तर, सार्वजनिक यातायात सञ्चालन निशर्त भने हुने छैन । कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिसत यात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ ।

सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यातायातको टिकट अनलाइन बुकिङ्ग गर्नुपर्ने छ भने स्टेशन भित्र र सार्वजनिक ट्रान्जिटमा खाने र पिउन प्रतिबन्ध लगाइएको छ ।

सामाजिक दूरी कायम गर्न पोस्टरहरू, फुटमार्क तथा भित्ता फ्लोर र सिटमा चेतनामुलुक संकेतहरू अनिवार्य राख्नुपर्ने भएको छ ।

मोबाइलमा एह्तराज एप अनिवार्य हुनुपर्ने तथा मास्क लगाइएका संक्रमणरहित यात्रुलाई मात्र यात्रा गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ ।

यसघि कतारको विपत्ती व्यवस्थापन समितिले चौथो चरण दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो । सो निर्णय अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि र अवस्था सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्ता देखि लागू गरिने जनाइएको छ ।

कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४०७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १५ हजार २५१ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाका कारण १९६ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने  दूतावाससंग पनि तथ्याङ्क छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ७ : ०४ बजे

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले