कोरोनाका कारण फिल्म बनेनन्, कलाकार म्युजिक भिडियोमा व्यस्त « Khabarhub

कोरोनाका कारण फिल्म बनेनन्, कलाकार म्युजिक भिडियोमा व्यस्त


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पल शाहले अभिनय गरेका ४ वटा म्युजिक भिडियो टेन्डिङमा रहे । पछिल्लो समय उनलाई फिल्मभन्दा म्युजिक भिडियोमा फापेको पनि छ ।

पलले म्युजिक भिडियोबाट राम्रै चर्चा कमाउँछन् । तर, उनका फिल्म फ्लप हुँदै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सिनेमा हल लगायत बढी भिडभाड हुने स्थान नखोल्ने निर्णय गरेको छ ।

जसकारण गत चैतदेखि न कुनै फिल्मको छायांकन भएका छन्, न त कुनै फिल्म रिलिज नै भएका छन् ।

बरु असार १ गतेदेखि खुकुलो बनाइएको लकडाउनका बेला म्युजिक भिडियोको काम भने भटाभट भयो । पछिल्लो समयमा कलाकारहरु म्युजिक भिडियोमा बढी देखिएका छन् ।

पुष्प खड्का, आँचल शर्मा, नीता ढुंगाना, एलिजा गौतम लगायत कलाकार पनि एकपछि अर्को म्युजिक भिडियोमा देखिएका छन् ।

लकडाउन खुकुलो भएका बेला धेरै म्युजिक भिडियो निर्माण भएर सार्वजनिक पनि भए । तीमध्ये केही गीत हिट पनि भए ।

सरकारले फिल्म छायांकनका लागि अनुमति नदिँदा फिल्म क्षेत्र भने थला परेको छ । सबै सिनेमा हल बन्द छन् । छायांकन हुँदाहुँदै रोकिएका फिल्मले पनि पुनः छायांकन थाल्न नपाउँदा थन्केर बसेका छन् ।

केही फिल्मकर्मीले फिल्म क्षेत्रलाई चलायमान बनाउन भन्दै फिल्म निर्माणको घोषणा गरेका छन् । तर, उनीहरुले पनि अवस्था सामान्य नहुँदासम्म फिल्मको काम नथाल्ने बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ४९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने