भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा फेरि झडप | Khabarhub Khabarhub

भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा फेरि झडप


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  भारत र चीनका सेनाबीच लद्दाखमा फेरि झडप भएको छ ।

पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच धकेलाधकेल भएको बीबीसी हिन्दीले जनाएको छ ।

झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको छ। झडपमा के कति हताहती भयो भन्नेबारे अहिलेसम्म केही पनि खुलाइएको छैन ।

भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दावी गरेका छन्।

यसअघि जुन १५ मा लद्दाखकै गलवान क्षेत्रमा भएको झडपमा  २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुबै  मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथी बढाएका थिए ।

चिनियाँ सेनाले हिमाली क्षेत्रमा अत्याधुनिक हतियारसहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको थियो भने भारतीय सेनाले जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएको थियो ।

१३४ किलोमिटर लामो प्याङ्गोङ ताल ६०४ वर्ग किलोमिटर क्षेत्रफलमा तिब्बतदेखि भारतीय क्षेत्रसम्म फैलिएको छ।

उक्त तालको दुई तिहाई हिस्सामा आफ्नो नियन्त्रणमा राखेको चीनले अतिक्रमण आफ्नो क्षेत्रमा पनि अतिक्रमण गर्न खोज्दा विवाद हुँदै आएको भारतीय दाबी छ । उक्त तालको ४५ किलोमिटर पश्चिमी भाग भारतको नियन्त्रणमा छ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : २६ बजे

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति