तिमी जन्मदै पखेटा लिएर आएका छौं, घिस्रिन छाडेर उड्न थाल – रुमी « Khabarhub

तिमी जन्मदै पखेटा लिएर आएका छौं, घिस्रिन छाडेर उड्न थाल – रुमी


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं शताव्दीका प्रख्यात कवि मौलाना जलालुद्दिन रुमी । उनको नाम अहिले पनि अविस्मरणीय छ । उनका कविताहरु विश्वका धेरै भाषामा अनुवादित छन् ।

दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि महत्वपुर्ण मानिने रुमीको जन्म ३० सेप्टेम्वर सन् १२०७ मा भएको थियो । रुमीको जन्म अहिलेको अफगानिस्तानमा भएको थियो ।

पछि उनको परिवार हालको टर्कीमा बसोबास गर्न थाल्यो । आफूलाई अध्यात्म विज्ञानको ज्ञाताका रुपमा परिचित रुमीको मृत्यु डिसेम्बर १८ सन् १२७३ मा टर्कीमा भएको थियो । तीनै महान व्यक्ती रुमीका केही भनाईहरु यहाँ उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छन् ।

– तिमीले जिवनमा भोगेका या पीडा भनेको संन्देशवाहक मात्र हुन् । यीनलाई सुन्ने मात्र कोशिस गर ।

– तिम्रो हृदय सागर जस्तै गहिरो छ त्यसैले आफूलाई त्यही गहिराइमा खोज्ने प्रयास गर ।

– प्रेमको अगाडि अन्य कुनैपनि कुराको कुनै शक्ति हुँदैन ।
– तिमी जहाँ हुन्छौ, जस्तो हुन्छौ, जे गर्छौ त्यो प्रेममा हुने गर ।
– मलाई राम्रो सँग थाहा छ तिमी एकदमै थकित छौ । तर पनि आउ अगाडि बढ किनभने यो नै तिम्रो एकमात्र विकल्प हो ।
– जहिले पनि आफ्नो तर्कलाई अघि बढाउने गर स्वर होइन । यो ख्याल राखकी वर्षाले फूललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।
– जति पनि राम्रा,सुन्दर र आकर्षक बनेका छन् ति हेर्नका लागि मात्र हुन् ।
– चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुनः अर्को रुपमा तिमीसामु आइपुग्छ ।
– तिमी जन्मदै पखेटा लिएर उड्न आएका हौ । तव किन जिन्दगी भर घिस्रिन रुचाउँछौ ।
– गुडबाई भन्ने तिनीहरुलाई मात्र हो । जसले आँखाले प्रेम गर्छन् । तर जसले हृदय देखि प्रेम उनीहरुको निम्ती बिछोड भन्ने नै हुँदैन ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : १२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा