विश्वमा एकैदिन २ लाख ५९ हजारलाई कोरोना संक्रमण, ५ हजार ८ सय बढीको मृत्यु « Khabarhub

विश्वमा एकैदिन २ लाख ५९ हजारलाई कोरोना संक्रमण, ५ हजार ८ सय बढीको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ८१ लाख ८५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ८५४ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६० हजार २७८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ८ हजार १७२ जनाको मृत्यु भएको छ । ३६ लाख ११ हजार ३१३ जना संक्रमित भएकोमा २० लाख ८६ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७२ हजार ६४० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ९ हजार ५९९ पुगेको छ । त्यसमध्ये ४२ लाख ८५ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४४ हजार ८८ जनाको मृत्यु भएको छ । ७१ लाख ८८ हजार ५३१ जना संक्रमित भएकोमा ५७ लाख ६८ हजार १२१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ४ हजार ५७३ जनाको मृत्यु भएको छ । ६३ लाख ८७ हजार ९३७ जना संक्रमित भएकोमा ५० लाख १९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार १०४ जनाको ज्यान गएको छ भने १२ लाख ६४ हजार ४१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६५६ जना संक्रमित भएकोमा २३ हजार ५८४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : १५ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६