लक्ष्मीको कृपा पाउन पूर्णिमाको दिन गर्नुहोस् पूजा « Khabarhub

लक्ष्मीको कृपा पाउन पूर्णिमाको दिन गर्नुहोस् पूजा


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चन्द्रमाले आफ्नो पूर्ण आकृती लिने दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमा माता लक्ष्मीको प्रिय दिन हो ।

धार्मिक मान्यता अनुसार चन्द्रमा मनको कारक र आमाको सूचक हो । ज्योतिषशास्त्रका अनुसार चन्द्रमा कर्कट राशीको स्वामी हो । पूर्णिमाको दिन निम्न उपाय गरेमा जीवनमा लक्ष्मी कृपा प्राप्त हुने धार्मीक मान्यता छ ।

शास्त्र अनुसार पूर्णिमाका दिन पिपलको वृक्षमा माता लक्ष्मीको आगमन हुन्छ । तसर्थ यस दिन बिहान नुहाएर पवित्र भई पिपलको रुखमा गुलियो प्रसाद अर्पण गरी अर्घ दिएमा दाम्पत्य जीवनमा मधुरता छाउने छ । पतिपत्नीले एकसाथ चन्द्रमामा अर्घ दिएमा वैवाहिक सम्बन्धको कटुता नास भई दाम्पत्य जीवन सुखमय बन्नेछ ।

आर्थिक समस्यासंग जुधिरहेकाहरुले पूर्णिमाका दिन चन्द्र उदयको समयमा काचोँ दूधमा चिनी र चामल मिसाई अर्पण गरेमा यो समस्या निवारण भएर जानेछ । अर्पणका क्रममा ॐ स्रां स्रीं स्रौं सः चन्द्रमासे नमः वा ॐ ऐं क्लीं सोमाय नमः को मन्त्र जप गर्नु पर्दछ । यसो गर्नाले बिस्तारै आर्थिक कठिनाई हटेर आर्थिक लाभको बाटो खुल्दछ ।

पूर्णिमाका दिन माता लक्ष्मीको प्रतिमाको सामु ११ वटा कौडालाई चढाई त्यसलाई बेसारको टीका लगाएर रातभर छाड्नु पर्दछ । बिहान उक्त कौडालाई शुद्ध रातो कपडामा बेरेर आफ्नो धनसम्पती राख्ने स्थानमा राखेमा घरमा कहिल्यै धनको अभाव हुदैन ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ३७ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट