लथालिंग राजनीति : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेसमा किचलो | Khabarhub Khabarhub

लथालिंग राजनीति : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेसमा किचलो


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले शीर्ष राजनीतिक दलहरुबीच देखिएको आन्तरिक विवाद र किचलोको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

सत्तारुढ नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । केन्द्रीय समिति गठन भए पनि नेताको कार्य विभाजन र जिल्ला कमिटी गठन अझै हुन सकेको छैन । नेकपाभित्र नेतैपिच्छे गुट रहेको समाचारमा जनाइएको छ ।

यसैगरी कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीमाथि संसद सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला नेताहरु आन्तरिक कलहमै छन् ।

पछिल्ले समय पार्टी कार्य सम्पादन समिति गठनमा समेत विवाद चुलिएको छ । कार्यसम्पादन समितिको टुंगो लगाउन गत शनिबार बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले चिकित्सकको आन्दोलने विरामीलाई परेको मर्काको विषयमा ‘उपचारमा अझै अटेरी’ शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । एक बिरामीका बाबु मिनबहादुर सुनारले भने–‘ छोराको उपचारका लागि चन्दा मागेर आइयो । अपरेसन गर्ने डाक्टर नै आन्दोलनमा छन् । कहिलेसम्म कुरेर बस्ने ?’

सरकारी अस्पताल वीर अस्पताल परिसरमा विरामीहरुको बिचल्ली छ । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरको स्वास्थय सेवा ठप्प रहेको समाचारमा जनाइएको छ ।

‘राज्यकै अनुमतिमा धर्म प्रचार’ शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारकै अनुमतिमा क्रिस्चियन धर्म प्रचार गरिरहेको समाचारमा जनाइएको छ ।

राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्ने अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ७ : १५ बजे

जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो

काठमाडौं– जेन-जी आन्दोलन भएको डेढ महिना समय बितिसक्दा पनि कतिपय

प्रकाश सपुत स्टारर ‘सोल्टिनी’को व्यापार बिगोज, ‘जेरी अन टप’को व्यापार साढे १० करोड

काठमाडौं – तिहार लक्षित गरी प्रदर्शनमा आएका चार मध्ये तीन

तनहुँमा दुई जनामा मलेरिया सङ्क्रमण

दमौली– तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरूको भेटवार्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन