अब निकै सस्तो मूल्यमा आउँदै नयाँ मोडलको ‘बुलेट बाइक’ « Khabarhub

अब निकै सस्तो मूल्यमा आउँदै नयाँ मोडलको ‘बुलेट बाइक’


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ-  बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको बुलेट बाइक नेपाली बजारमा पनि निकै लोकप्रिय मानिन्छ ।

भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो क्वार्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।

कम्पनीको साधारण सभामा बोल्दै नवनियुक्त सीइओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसाइकल बजारमा ल्याउने तयारीमा छौँ, आगामी महिना हाम्रा ग्राहकलाई सरप्राइजिङ्ग प्याकेज दिने तयारीमा छौँ ।’

देसारीको भनाइलाई आधार बनाउँदै भारतीय मिडियाले कम्पनीले नयाँ सस्तो मोटरसाइकल चाँडै आउने अनुमान गरेका छन् ।

अहिले रोयल इन्फिल्डको सबैभन्दा सस्तो मोडल बुलेट क्लासिक रहेको छ । अब कम्पनीले त्योभन्दा सस्तो मोडल बजारमा ल्याउन खोजेको हो ।

मिडिया रिपोर्टका अनुसार अहिले बिक्री भइरहेको बुलेटको तुलनमा नयाँ बाइक करिब २५ हजार भारतीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ ।

नयाँ बाइक पनि बुलेटकै प्याटर्फममा निर्माण भइरहेको जनाइएको छ । नयाँ बाइकमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जिनमा कालो कलरको प्रयोग गरिने अनुमान गरिएको छ । उक्त बाइकमा अधिकांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।

नयाँ बाइक अहिलेको भन्दा केही फरक कलर अप्सनमा पाउन सकिने कम्पनीले जनाएको छ ।

नयाँ मूल्य अनुसार उक्त बाइकले बजारमा पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० ४ भीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : २८ बजे

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो