२४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना « Khabarhub

२४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ ।

निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको छ । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्ष पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ४ : २० बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई