भूत प्रेतसँग डराएर यी कलाकारले छोडिन् अभिनय « Khabarhub

भूत प्रेतसँग डराएर यी कलाकारले छोडिन् अभिनय


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको चर्चित शो ‘सास बिना ससुराल’ बाट भारतीय दर्शकमाझ लोकप्रियता कमाएकी कलाकार ऐश्वर्या सखुजा पछिल्लो समय टिभीको दुनियाँबाट गायब छिन् । उनी यसरी गायब हुनुको कारण काम नपाउनु थिएन । बरु ऐश्वर्याले यो ब्रेकको कारण ‘नागिन’, ‘दिव्य दृष्टि’, ‘सितारा’ जस्ता सुपर नेचुरल शो रहेको बताएकी छिन् ।

ऐश्वर्याले एक अन्तर्वार्तामा भनिन्, ‘सुपर नेचुरल शो को ट्रेन्डमा म आफूलाई जोड्न सकिन, मलाई यस्ता शो का लागि अफर आएको थियो, तर मैले यो भूमिकामा कनेक्सन बनाएर बस्न गाह्रो भएको थियो ।’

उनले अगाडि भनिन्, ‘म यो कुरा सम्झन सकिन कि, १२ घण्टा यो शो चल्यो भने यस्तो भूमिका कसरी निभाउन सक्छु ? जुन भूमिकामा म आफू सहमत हुन सकिन, मलाई लाग्छ, सधै टेलिकास्ट गर्नुपर्दा यस्ता सिरियललाई धेरै राम्रो बनाउन पनि समय पाइँदैन ।’

भारतीय टिभी च्यानलमा पछिल्लो समय यस्ता खालका टिभी शोहरु बढी नै आउन थालेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ११ : २२ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न