भक्तपुरमा थपिए ४२ कोरोना संक्रमित, थप एक जनाको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा थपिए ४२ कोरोना संक्रमित, थप एक जनाको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै थप एक जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका ४४५ जना संक्रमितमध्ये ४२ जना संक्रमित भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भक्तपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।  मृत्यु हुनेमा ४० वर्षीय महिला रहेको उनले बताए ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ५ : ०७ बजे

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन