राष्ट्रियसभामा वामदेवलाई पठाउने नेकपाको निर्णय « Khabarhub

राष्ट्रियसभामा वामदेवलाई पठाउने नेकपाको निर्णय


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।

गत १४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो।

ओलीले खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा दोहोर्‍याएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेको भए पनि विवाद मिलाउनका लागि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजान सहमत भएका हुन् ।

गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्री छन्।  भदौ २० मा खतिवडाको पद सकिने छ । भदौ २० बाट अर्थ र सञ्चार दुवै मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा रहने छ ।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।

संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो।

सरकारले गौतमको नाम सिफारिश गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य नियुक्त गर्ने छिन् । २०७६ फागुन २० गतेदेखि राष्ट्रिय सभाको एक सीट रिक्त छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ०४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर