प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई कोरोना संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार « Khabarhub

प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई कोरोना संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ ।

हालै बाँकेका दुई ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छ ।

भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय गम्भीर कोरोना सङ्क्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षीय पुरुषको स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्लाज्मा थेरापीका सम्पर्क व्यक्ति डा. खगेन्द्रजङ्ग शाहले गत शुक्रबार भेरी अस्पतालमा भर्ना भएका सल्यानका पुरुषको अवस्था निकै गम्भीर बनेपछि उनलाई मङ्गलबार प्लाज्मा दिइएको र त्यसपछि क्रमशः उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताए ।

उनले प्लाज्मा दिएको तेस्रो दिनमै उनको स्वास्थ्यमा राम्रो सुधार देखिएकोले आफूहरू उत्साहित भएको बताए ।

डा. शाहले सङ्क्रमितको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको जनाउँदै यस्तै अवस्था रहेमा उनलाई बिहीबारनै अक्सिजनबाट बाहिर निकालिने पनि बताए ।

ती सङ्क्रमितलाई नेपालगञ्ज १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा.सन्देश पण्डितसहितको टीमले पहिलो पटक सङ्क्रमितलाई मङ्गलबार रेम्डिसिभिर औषधि दिएको थियो ।

सङ्क्रमितको उपचारमा संलग्न फिजिसियन डा. विकले न्यायलयका उच्च अधिकारी ती सङ्क्रमितलाई बिहीबारसम्म आइपुग्दा रेम्डिसिभिरको पाँचौ डोज दिइएको बताए ।

उनको स्वास्थ्यमा उत्साहजनक सुधार भइरहेको जनाउँदै सोही अस्पतालमा रहेका अन्य गम्भीर अवस्थाका बिरामीलाई रेम्डिसिभिर दिन थालिएको बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : २३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ