नेपालमा २५,५६१ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित) « Khabarhub

नेपालमा २५,५६१ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा  पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ३५४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको हो ।

कुल संक्रमितमध्ये ५८ प्रतिशत संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा २००१ जना

प्रदेश २ मा ७३५७ जना

वाग्मती प्रदेश २०६७ जना

गण्डकी प्रदेशमा १७१७ जना

प्रदेश ५ मा ५२७६ जना

कर्णाली प्रदेशमा २१३७ जना

सुदूरपश्चिम प्रदेशमा ५००६ जना

२५ हजार ५ सय ६१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाले ज्यान गएको छ । योसँगै शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : १९ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई