दुस्मनको सेवा गरेपछि स्वतन्त्र ! « Khabarhub

दुस्मनको सेवा गरेपछि स्वतन्त्र !


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै बेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो। त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्थे।

त्यसै समयमा एकजना धनी मानिसले बेन्कर नामको एक अत्यन्त मेहनती दास किनेर घरमा ल्याए। बेन्कर निकै परिश्रमी थिए।

उनी काममा कहिल्यै ढिलासुस्ती गर्दैनथे। मालिकको सेवा गर्नुलाई आफ्नो धर्म मान्थे। त्यसैले उनका यस्ता गुणबाट मालिक पनि सन्तुष्ट थिए। एक दिन बेन्कर आफ्नो मालिकसँगै त्यो स्थानमा गए, जहाँ गरिब मानिस जनावरसरी दासका रूपमा बिक्थे।

त्यहाँ दासदासी खरिद–बिक्री गर्ने हाटबजार नै लाग्थ्यो। त्यहाँ पुगेपछि बेन्करले एउटा बूढो दासलाई देखाउँदै तिनलाई किन्न आफ्ना मालिकलाई अनुरोध गरे। उनको कामबाट अत्यन्तै प्रभावित मालिकले सो आग्रह टार्न नसकी दास किनेर घर लगे।

त्यो बूढो दास पाएपछि बेन्कर पनि अत्यन्तै प्रसन्न भए। उनी ती बूढा दासको मन लगाएर सेवा गर्थे। उनका हरेक क्रियाकलापमा चासो दिइरहेका मालिकलाई उनको व्यवहार देख्दा निकै अचम्म लाग्यो।

एक दिन यसबारे मालिकले बेन्करलाई सोधे, ‘होइन बेन्कर, तिमीले ती बूढा दासको सेवा मालिकलाई जस्तै गरी गर्नुका पछाडि के कारण छ ? कतै ती दास तिम्रा आफन्त त होइनन् ?’ मालिकको प्रश्न सुनेपछि बेन्करले जवाफ दिए, ‘यी बूढा दास मेरा कुनै नातेदार होइनन्, न त कुनै साथी नै हुन्। बरु यिनी मेरा सबैभन्दा ठूला शत्रु हुन्। बाल्यकालमा यिनैले मलाई दासका रूपमा बेचेका थिए।

पछि आफैँ समातिए र दास बनाइए। मैले उनलाई एक दिन बजार जाँदा चिनेको थिएँ। मेरी आमाले मलाई भन्नुभएको थियो, यदि शत्रु नांगो छ भने उसलाई लुगा देऊ, भोको छ भने खाना खुवाऊ, प्यासी छ भने पानी पिलाऊ। यसैकारण म उनको सेवा गर्दै छु। म आफ्नी आमाले दिएको शिक्षा र मार्गदर्शनमा अघि बढिरहेको छु हजुर।’

बेन्करको यस्तो जवाफ सुनेपछि ती मालिकले बेन्करलाई अँगालो हाले र तत्काल उनलाई स्वतन्त्र गरिदिए।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १० : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा