ज्ञान लिन उमेरले छेक्दैन « Khabarhub

ज्ञान लिन उमेरले छेक्दैन


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो ।

निकै टाढा-टाढाबाट बालबालिकाको शिक्षाका सम्बन्धमा राय-सल्लाह लिन उनीकहाँ मानिसको भिड लाग्ने गथ्र्यो । उनी पनि सकेसम्म सहज तरिकाबाट सबै जिज्ञासुको जिज्ञासा शान्त बनाएर पठाउने गर्थे ।

एकपटक शिक्षाविद् पार्कर कुनै एक स्थानमा आयोजित विशेष कार्यक्रममा बालशिक्षाबारे आफ्नो मन्तव्य दिइरहेका थिए । उनको मन्तव्य पूरा भएपछि त्यहाँ प्रश्नोत्तरको क्रम सुरु भयो । प्रश्न सोध्ने क्रममा एक महिला आफ्नो स्थानबाट उठिन् र पार्करसँत प्रश्न गरिन्- महाशय ! म आफ्नी छोरीको पढाइ सुरु गर्न चाहन्छु । त्यसका लागि सबैभन्दा उत्तम उमेर कुन हो ? पार्करले प्रश्न गरे- तपाईंकी छोरी कहिले जन्मिइन् ? महिलाले अचम्म मान्दै जवाफ दिइन्- छोरी त पाँच वर्षपहिल्यै जन्मिसकिन् नि !

महिलाको जवाफ सुनेपछि गम्भीर हुँदै पार्करले भने- देवीजी, तपाईंले आफ्नी छोरीका सुनौला पाँच वर्ष त्यत्तिकै बर्बाद गरिसक्नुभएछ । पठनपाठन कार्य त बालबालिकाको जन्मसँगै सुरु हुनुपर्छ । अब कत्ति पनि ढिलो नगरी फटाफट घर जानुहोस् र छोरीको शिक्षा अहिल्यैदेखि सुरु गर्नुहोस् । किनकि, ज्ञान र शिक्षाका लागि उमेरको कुनै बन्धन हुँदैन ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १० : २८ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा