भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ कीर्तिमान, थप ९० हजार संक्रमण | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ कीर्तिमान, थप ९० हजार संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

आइतबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ४९ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय