ऋणबाट मुक्ति पाउन राशीअनुसार कसले के गर्ने ? « Khabarhub

ऋणबाट मुक्ति पाउन राशीअनुसार कसले के गर्ने ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ऋण यस्तो बोझ हो, जसले थिचेपछि मानिसको जीवन सहज हुदैन । यसले मानिसको एक लयमा चलिरहेको जीवनलाई बिर्गान सक्छ ।

त्यसैले मानिसहरु सकेसम्म ऋण लिन चाहादैनन् । कतिपयले तिर्न नसक्ने भएपछि वा ऋणदाताको दबाबले आत्महत्यासम्म गर्दछन् । ज्योतिषशास्त्र केहि यस्ता उपायहरु छन्, जसले ऋणबाट छुटकारा पाउने भन्ने मार्ग प्रसस्त गर्दछ । यस्तो छ ऋणबाट मुक्ति पाउन राशी अनुसार अपनाउनु पर्ने उपायहरु :

मेष राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन भगवान गणेशको नित्य फूल अर्पण गरेर आराधना गर्नुपर्दछ ।

वृष राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले नित्य रातो फूल अर्पण गरेर माता लक्ष्मीको आराधना गर्नुपर्दछ ।

मिथुन राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन नित्य बिहान बेलुका हनुमान चालीसा पाठ गरेर हनुमानजीको आराधना गर्नुपर्दछ ।

कर्कट राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले बिहिबारका दिन केराको बोटको पूजा गर्नुपर्दछ ।

सिंह राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन शनिवारको दिन पारेर पीपलको रुख मुनि दियो बाल्नु पर्दछ ।

कन्या राशी
ऋणबाट मुक्ति पाउन वा धन प्राप्तिकालागी यस राशीका जातकले भगवान शिवलाई नित्य जल अर्पण गर्नुपर्दछ ।

तुला राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन बिहीबारका दिन भगवान श्रीविष्णुको सहस्त्रनाम पाठ गरी दिनभर पहेलो वस्त्र धारण गर्नुपर्दछ ।

वृश्चिक राशी
ऋणबाट मुक्ति पाउन वा धन प्राप्तिकालागी यस राशीका जातकले मंगलवारका दिन तुलसी दल अर्पित गर्नुपर्दछ ।

धनु राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन नित्य बिहान भगवान श्रीविष्णु र माता लक्ष्मीको पूजा गर्नुपर्दछ ।

मकर राशी
ऋणबाट मुक्ति पाउन मकर राशीका जातकले नित्य बिहान गणेशजीको आराधना गर्नुपर्दछ । बुधवारका दिन पारेर हरीयो अलाइची अर्पण गर्नुपर्दछ ।

कुम्भ राशी
यस राशीका जातकले ऋणबाट मुक्ति पाउन सोमवारका दिन शिवलिंगमा गंगाजल अर्पण गर्नुपर्दछ ।

मीन राशी
ऋणबाट मुक्ति पाउन यस राशीका जातकले नित्य सूर्यदेवलाई जल अर्पण गर्नुपर्दछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ०१ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि