स्वास्थ्यमन्त्री ढकाल तीन दिनदेखि होम क्वारेन्टिनमा | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री ढकाल तीन दिनदेखि होम क्वारेन्टिनमा


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकाल बस्दै आएको ललितपुरको हरिहरभवनस्थित मन्त्री क्वार्टरमा बस्दै आएका परिवारका एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् ।

काठमाडौंमै एक संस्थामा जागिर गर्ने मन्त्री ढकालका परिवारका एक सदस्यमा ज्वरो आउने र जिउ दुख्ने समस्या देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएका थिए ।

उनमा तीनदिन अघि कोरोना पुष्टि भएपछि मन्त्री ढकाल पनि मन्त्रालय जान छाडेर तीनदिनअघि देखि क्वारेन्टिनमा बसिरहेको मन्त्री ढकालले खबरहबलाई बताए ।

‘तीनदिन देखि म होम क्वारेन्टिनमा छु,’ मन्त्री ढकालले खबरहबसँग भने, ‘काठमाडौंमै जागिर गर्ने एकजना परिवारका सदस्यलाई जीउ दुख्ने, ज्वरो आउने समस्या भएपछि कार्यालय जानुअघि कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आयो । त्यसपछि हामी सबै क्वार्टरमै क्वारेन्टिनमा छौं ।’

मन्त्री ढकालका अनुसार कोरोना संक्रमण पुष्टि भएका उनका परिवारका सदस्यको अवस्था सामान्य रहेको र उनी पनि क्वार्टरमै होम आइसोलेसन बनाएर बसेका छन् ।

मन्त्री क्वार्टरमा अहिले मन्त्री ढकालकी पत्नी, दिदी, छोरा र एकजना भतिज समेत बस्दै आएका छन् ।

मन्त्री ढकालले चिकित्सकसँग परामर्श लिएर कन्ट्याक्ट ट्रेसिङको आधारमा ती सदस्यमा संक्रमण देखिएको ५ दिनपछि परिवारका सबैको कोरोना परीक्षण गराउने पनि जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ५६ बजे

हङकङमा साकेलाको रमझम, पर्व मनाउने जग्गा दिन सरकारसँग माग

हङकङ– आदिवासी जनजातिको बाक्लो उपस्थिति रहेको हङकङमा साकेला उभौली तथा

‘वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ’

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक

मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, सांसदबाट निलम्बित भइसक्दा पनि कांग्रेस किन बस्यो मौन ?

काठमाडौं– भ्रष्टाचार मुद्दामा मुछिएका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा

‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको व्यापारिकरुपमा सफल ‘होस्टल–३’ निर्माण टिमले

जनता महंगीको मारमा परिरहँदा चामल किन्दिनँ, दानले चलेको भनेपछि जापानका कृषि मन्त्रीले गुमाए पद

काठमाडौं– देशमा खाद्यान्नको चर्को मूल्य वृद्धि भइरहँदा ‘चामल कहिल्यै किनिनँ,