शैलुङ र होनिकोसँग गरिएको युरिया मल ठेक्का सम्झौता रद्द « Khabarhub

शैलुङ र होनिकोसँग गरिएको युरिया मल ठेक्का सम्झौता रद्द


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ।

ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल ल्याउन नसकेपछी ठेक्का रद्द गरिएको हो

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले शैलुङ र होनिकोसँग गत असारमा गरिएको युरिया मलको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएका हुन् ।

दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउने र धरौटी रकम जफत गर्ने पनि निर्णय गरेको छ।

भुसालका अनुसार शैलुङसँगको २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द गरिएको हो।

यी दुई कम्पनीले भदौ २० गतेसम्म समान २५ हजार युरिया मल खरिद गरेर नेपाल ल्याइसक्ने गरी कृषि सामग्री कम्पनीसँग सम्झौता गरेका थिए।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक